सिविटार चियाबारीका ११ जना अवकाशप्राप्त श्रमिकहरू र कर्मचारीहरूलाई ग्राजुएटीको रकम प्रदान

Shivatar



खरसाङ: तीनधारे महानदी-समष्टिको सिविटार चियाबारीका अवकाशप्राप्त श्रमिकहरूलाई ग्राजुएटीको रकम प्रदान गरिएको छ। सिविटार चियाबारीको अवकाशप्राप्त ११  जना श्रमिकहरू र कर्मचारीहरूलाई ग्राजुएटीको रकम प्रदान गरिएको जानकारी प्राप्त भएको छ। सिविटार चियाबारीमा नयाँ कम्पनी आएपछि बुधबार बगानको कार्यालयमा बगान बाबु, अफिस बाबु र अन्य अफिस बाबुहरूको उपस्थितिमा बगानको श्रमिकहरू र कर्मचारीहरू लगाएर जम्मा ११ जनालाई बगानबाट जम्मा रकम ७ लाख ९६ हजार ७ सय ३५ रुपियाँ प्रदान गरिएको जानकारी सिविटार चियाबारीको बड़ा बाबु केदारनाथ राईले एउटा भिडियो जारी गरी बताएका छन्। उनले सिविटार चियाबारीमा नयाँ कम्पनी आएपछि बगान प्रबन्धक रजत थापाको उपस्थितिमा सन् २०१९ देखि थाँतीमा रहेको ग्राजुएटीको रकम प्रदान गरिएको जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement