खरसाङ: सोनादा-पचेङ समष्टीबाट बुधबार निर्दलीय प्रार्थीको रूपमा डवाङला भोटियाले आफ्नो नामांकन पत्र बुझाएका छन्। सोनादा क्षेत्रमा सामाजिक कार्यकर्ताको रुपमा चिनिने डवाङला भोटियाले सोनादा-पचेङ समष्टीबाट दोस्रो निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका छन्। उनीभन्दा अघि सोनादा-पचेङ समष्टीबाट बबिन्द्र राईले पनि निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका छन्। खरसाङ महकुमा शासक कार्यालयमा सोनादा पचेङ समष्टीबाट निर्दलीय प्रार्थीको रूपमा नामांकन पत्र बुझाएपछि डवाङला भोटियाले पत्रकारहरूसित कुराकानी गर्दै यसपालीको जीटीए चुनावमा जनताको मागअनुसार बाध्यतामा परेर निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएको बताएका छन्। उनले विगतमा भएको जीटीए चुनावमा जनताले चुनेको जनप्रनिधि नभएर सेलेक्ट गरिएको प्रतिनिधि भएको कारणले नै गर्दा सोनादा पचेङ समष्टिमा विकास नभएको र धेरै समस्याहरू थाँतीमा रहेको बताएका छन्। भोटियाले सोनादा क्षेत्रमा काम नभएर धेरै घोटाला भएको अनि खेल मैदान पनि बिक्री भएको बताउँदै हामीले कोरोनाकालमा धेरै सामाजिक कार्यहरू गरेको बताउँदै यसपाली सोनादा पचेङ समष्टीबाट अझैं धेरैले नामांकन पत्र भर्नपर्छ र प्रतिस्पर्धा राम्रो होस् भनी बताएका छन्। उनले यसपाली विगतको प्रतिनिधिहरू जस्तो नहोस् भन्दै यसपाली जनताले चुनेको जनप्रनिधि होस् र सोनादाको विकास होस् भनी बताएका छन्।