रंगबुलमा ओपन नक्आउट फूटबलः घैयाबारी युनाइटेड क्वार्टर फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा घैयाबारी युनाइटेडले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा बिहीवार भएको म्याचमा घैयाबारी युनाइटेडले घूम जोरबंग्लो स्पोर्टिंग क्लबलाई ५-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त सुब्बाले ह्याट्रिक गरे। यसबाहेक निमेशले २ गोल गरे। सिद्धान्त सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमल२७ ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement