थिङ्क पोजिटिभ, डु पोजिटिभ- ममता ब्यानर्जी


कालचिनीः गत १७ जनवरीको दिन तीन दिवसीय कार्यक्रम लिएर अलिपुरद्वार जिल्लाको कालचिनी खण्ड अन्तर्गत पर्ने मलंगी गेस्ट हाउसमा आईपुगेका मुख्यमन्त्री ममता ब्यानर्जीले प्रथम दिनमा नै गेस्ट हाउस नजीक रहेको सुभाषिनी चियाबारीको गीर्जा लाईनमा पसेर श्रमिकहरूसित भलाकुसारी गर्दै कम्बल वितरण गरेकी थिईन भने १८ जनवरीको दिन तिनी वायुमार्ग हुँदै मेघालयको गारो हिल्स पुगेर पुनः ४ बजी मलंगी फर्की आएकी थिईन भने आज पूर्वंघोषित कार्यक्रम अनुसार सुभाषिनी मैदानमा सरकारी परिसेवा वितरण कार्यक्रममा उपस्थित रहेर प्रायः ५१६ वटा परियोजना तथा प्रकल्पहरूको शिलान्यास अनि उद्घाटन गरेकी थिईन।
मुख्यमन्त्रीले मञ्चको स्क्रीन मार्फत अलिपुरद्वार जिल्लाको ९१ वटा नयाँ परियोजना, कोचबिहार जिल्लाको ९८ वटा र जलपाइगढी जिल्लाको ८९ वटा परियोजनाहरूको शिलान्यास गरेकी थिईन भने यसैगरी अलिपुरद्वार जिल्लाको ६७ वटा जलपाइगढी जिल्लाको ४४ वटा र कोचबिहार जिल्लाको निम्ति २७ वटा प्रकल्पको उद्घाटन गरेकी थिईन। यसै क्रममा मुख्यमन्त्रीको हातबाट सबुजश्री अन्तर्गत विद्यार्थीहरूलाई साइकल वितरण, लक्ष्मी भण्डारको प्रमाणपत्र, स्टुडेन्ट क्रेडिट कार्ड एवम् आदिवासी कलाकारहरूको निम्ति ढाँक, मादल आदि वाद्ययन्त्र प्रदान गरेकी थिईन। आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले सबैलाई नयाँ बर्षको शुभकामना दिँदै केन्द्र सरकारले जति नै असहयोग गरेपनि आफूले राज्यवासीलाई खुसी राख्न कुनै कसर नछोड़ने बताउँदै केवल भोटको समयमा आएर जनसाधारणलाई झुटो आश्वासन दिएर जानेहरूलाई चिन्नु पर्ने आह्वान गरिन। केन्द्रको भाजपा सरकारप्रति कटाक्ष हान्दै केवल भोटको समयमा आएर नौटंकी देखाउनेहरूले जनसाधारणको सयदिने कामको पैसा रोकेर राखेको र ओबीसी वर्गलाई वञ्चित गराएको तर राज्यले ओबीसीहरूलाई चिन्ता नलिने बताईन। हाँसीमारामा यात्री विमान परिसेवाको निम्ति राज्य सरकार पछि नहटेको कोचबिहारमा गरेको बालुरघाटमा गरेको हाँसीमारामा पनि गर्ने र यसको निम्ति जमीनको काम गर्ने अलिपुरद्वार जिल्ला प्रशासनलाई निर्देश पनि दिएकी छन्। तिनले केवल दंगा लगाएर विभाजनको राजनीति गर्न जानेको तर राज्य सरकार भिखारी होईन भन्दै सब समय सबैले नकरात्मक सोँच राख्न नहुने भन्दै बी पोजिटिभ, थिङ्क पोजिटिभ डु पोजिटिभको आह्वान पनि मुख्यमन्त्री ममता ब्यानर्जीले गरेकी थिईन। उत्तरबंगाललाई साह्रो मन परेको र यहाँको हरेक कुरा राम्रो रहेको र आफू धेरैचोटी यहाँ आईरहेको र आगामी २०-२५ दिनभित्र फेरि आउने भन्दै दिदिको सुरक्षा कवच कार्यक्रममा दिदिको दुतलाई जसको जे समस्या छ त्यसलाई रेकर्ड गराउने र हरेक समस्याको समाधान गर्ने प्रयास गरिने बताईन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement