सौरेनी समष्टीबाट पत्रकार रोजेस थापाले निर्दलीय प्रार्थीको रुपमा बुझाए नामांकन पत्र

Rojesh-Thapa

खरसाङ: मिरिकको सौरेनी २५ नम्बर समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा पत्रकार रोजेस थापाले बुधबार नामांकन पत्र बुझाएका छन्। उनले खरसाङ महकुमा शासक कार्यालयमा आएर जीटीए चुनावमा सौरेनी समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका छन्। आफ्नो नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै रोजेस थापाले पहाड़को राजनैतिक स्थितिले गर्दा जनता प्रताड़ित बनेका बताएका छन्l ‘मैले एकजना निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएको छु। मेरो कुनै ठूलो मुद्दा छैन, म कमाने बाबुको छोरा हूँ अनि अहिले दार्जीलिङ पहाडको अनुहार वा सौरेनी समष्टीको अनुहार हेर्दा चियाबारी र बेरोजगार सबैभन्दा ठूलो समस्या बनेको छ,’ उनले भने, ‘हामी आर्थिक स्वतन्त्रता चाहान्छौं जुन अहिले जरूरी छ,  हामीले यसपाली यसमाथि कार्य गर्नलाई मसौदा तयार पारेका छौं, युवा पुस्ताको लागि आर्थिक स्वतन्त्र दिनलाई अनि रोजगार सिर्जना गर्नलाई कार्य गर्नेछौं।’ आजका जनता डिजिटल भएको बताउँदै उनले भने, ‘सबैजनाले कुरा बुझ्ने भएका छन् र नेताले जनतालाई केवल झण्डा बोक्ने मात्र नबनाएर अबको समयमा बनिएको राजनैतिक फरमेटलाई परिवर्तन गर्नुपर्छl’ पेशाले पत्रकार रहेका रोजेस थापाले भने, ‘म आफू पत्रकारको छु र म ठूलो कुरा गर्दिन, तर अहिलेको जनता लाटा छैन र म सबैकुरा बलिदान गरेर जनताको लागि निर्दलीय प्रार्थीको रुपमा खड़ा भएको छु, आशा छ जनताले अवश्य जिताउने छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement