न्यूजील्याण्ड विरुद्ध पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा दोहोरो शतक (२०८) लगाउने भारतीय ओपनर शुभमन गिलले बताएअनुसार, अर्को प्रान्तमा विकेटको पतन जारी रहे पनि खराब बललाई शिक्षा दिने नीतिले उनलाई यस्तो ईनिंग्स खेल्नमा सहायता गऱ्यो। म्याचमा गिलले ५०औं ओभरसम्म क्रीजमा अडिग रहेर दोहोरो शतक बनाए। दोस्रो प्रान्तबाट सहयोग प्राप्त नभए पनि उनले बीचको ओभरहरूमा लगातार चौका र छक्का लगाउने रणनीति बनाए। उनले आफ्नो ईनिंग्सको अन्तिम दश बलमा ६ वटा छक्का लगाए। म्याच जितेपछि गिलले भने, यो ईनिंग्स मेरो निम्ति धेरै महत्त्वपूर्ण छ। मैले श्रीलंका विरुद्ध पहिलो र तेस्रो म्याचमा ठूलो ईनिंग्स खेल्न सकेको थिइनँ। यसैकारण यहाँ म ठूलो स्कोर बनाउन चाहन्थे।

गिलले भने, बीचका ओभरहरूमा सर्कल भित्र अतिरिक्त फील्डर रहने हुनाले अन्य टीमहरूले पनि तेजीको साथ रन बनउने प्रयास गर्छ। दोस्रो प्रान्तमा विकेटको पतन जारी रहे पनि म आक्रामक शट्हरू खेल्न जारी राख्न चाहन्थे कारण यस्तो नगरे बलरहरूलाई डट बल गर्नु सजिलो हुने थियो। यसैकारण विकेटको पतन जारी रहे पनि मैले खराब बलहरूमा लगातार शट् खेल्ने रणनीति बनाएँ। लगातार असल प्रदर्शन गरेर खुशी यस खेलाड़ीले भने, निरन्तरता मेरो निम्ति महत्त्वपूर्ण छ। यो सफलताको मन्त्र हो। एकजना ब्याटरको रूपमा मेरो हरेक प्रारूपमा यस्तै खेल्ने कोशिश रहन्छ। मेहनतको फल हासिल हुँदा खुशी लाग्छ। दोहोरो शतकपछि गिलले आफ्नो पिता अनि मेण्टर युवराज सिंहबारे पनि कुरा गरे। उनले भने, युवी पाजी मेरो मेण्टर हुन्। मेरो ठूलो दाजु जस्तो। आफ्नो ब्याटिंगलाई लिएर म उनीसँग चर्चा गर्छु। यसरी नै मेरो पिता मेरो शुरुवाती कोच हुन्। उनलाई गौरवान्वित गर्न सकेर खुशी छु।

बुधवार राति खेलिएको रोमाञ्चक म्याचमा भारतले न्यूजील्याण्डलाई १२ रनले पराजित गरी तीनवटा म्याचको वनडे इण्टरनेशनल सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। हैदराबादमा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले ओपनर गिलको दोहोरो शतकको सहायताले ५० ओभरमा ८ विकेट गुमाएर ३४९ रन बनायो। गिलले १४९ बल खेलेर १९ वटा चौका र ९ वटा छक्काको साथ २०८ रन बनाए। यसबाहेक कप्तान रोहित शर्माले ३४ र सूर्यकुमार यादवले ३१ रनको योगदान दिए। जवाफमा न्यूजील्याण्डको टीम ४९.२ ओभरमा ३३७ रन बनाएर अलआउट भयो। सातौं नम्बरमा ब्याटिंग गर्न ओर्लिएर माइकल ब्रेसवेलले ७८ बलमा १२ वटा चौका र १० वटा छक्काको सहायताले १४० रन बनाए पनि टीमलाई जिताउन सकेनन्। मिचेल सेण्टनरले ५७ र फिन एलनले ४० रनको योगदान दिए। भारतीय बलरहरूमा मोहम्मद सिराजले ४ विकेट लिए।