हिमालयन विधवा केयर फेलोशिपद्वारा विधवाहरूलाई लिएर सेवाकाई सम्पन्न

खरसाङ: रे अफ् होपको तत्वावधानमा हिमालयन विधवा केयर फेलोसिप सुकनाको एक दिवसीय कार्यक्रम कुमाईमा सम्पन्न भएको छ। हिमालयन विधवा फेलोसिप सुकनाको मुख्य व्यक्ति रेबिका सुनवार खड्काको अगुवाईमा सम्पन्न विधवा फेलोसिपमा मुख्य वक्ताको रुपमा तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयकी पूर्व प्रधान अध्यापिका मार्थारानी राई उपस्थित थिइन्। उनले उपस्थित विधवाहरूलाई बाईबलबाट उत्साहको वचन प्रचार गरेकी थिइन्। उनले बाईबलबाट लूकाको पुस्तक १८ अध्यायबाट प्रचार गर्दै सबैलाई उत्साहपूर्वक वचन बाढ़ेकी थिइन्। सेवालाई हिमालयन विधवा केयर फेलोसिपको संस्थापिका रेबिका सुनवार खड्काले सञ्चालन गरेका थिए। यस सेवाकाईमा कुमाई र वरिपरि क्षेत्रका लगभग ४० जना विधवा नारीहरू उपस्थित थिइन् भने उपस्थित सबैलाई हिमालयन विधवा फेलोसिपको पक्षबाट जाड़ोमा ओढ्ने शल प्रदान गरिएको थियो। हिमालयन विधवा केयर फेलोसिपले लगातार रूपमा विधवाहरूका लागि सेवाकाई गर्दै आईरहेको र यस संस्थाले सुकनामा रहेर विभिन्न स्थानहरूमा सेवाकाई गरिहेको जानकारी संस्थापिका रेबिका सुनवार खड्काले दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement