अभिजीतलाई विधायक शंकर घोषद्वारा सम्मान

21-02-02-7918e49e-7273-4a6c-908c-4e3476c8b993-1024x768.jpg

सिलगढी। अभिजीत रायले युपीएससी-को परीक्षाफलमा देशभरिमै ५०औँ स्थान हासिल गरेर सिलगढीको नाम उच्च गरेको छ। अभिजीतको सफलताको निम्ति केही सङ्घ संस्थाहरूले तिनको घरमा पुगेर तिनलाई सम्मान जनाइरहेको छ। यसैक्रममा आज सिलगढीका विधायक शंकर घोष पनि १५ नम्बर वार्डको दुध मोडस्थित अभिजीत रायको घरमा पुगेका थिए। विधायकले अभिजीतलाई स्मारक, फूलको गुच्छा अनि मिठाई दिएर तिनको सफलताको निम्ति बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement