दार्जीलिङ: गोर्खा स्वाभिमान संघर्षको यो संघर्ष नगरपालिकाको लागि होइन यो मन्तव्य हाम्रो पार्टीको केन्द्रीय सांगठनिक सचिव विक्रमादि राईले पोखेको हो। शहरको क्यापिटल हलको प्रागंनमा गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा कार्यक्रमहरूआयोजना गर्दै आई रहेको छ। अाज आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विक्रमादि राईले गोर्खा स्वाभिमान संघर्षको यो संघर्षलाई नगरपालिकाको निम्ति गरेको संघर्ष हो भन्ने जस्ता आरोप र लाञ्छानाहरू लगाउने काम गर्दैछ तर यो गलत हो। जनताको मत पाएर रितेश पोर्तेलले पहिलो पटक दार्जीलिङ नगरपालिकाको चेयरम्यानको पदभार सम्हालेका थिए। त्यस अवधि उनको टेबलमा दुई करोडको अफर दिएका थिए तर जनताको सेवा गर्छु भन्ने सोच लिएर आएको पोर्तेलले भष्ट्रचारीको त्यो अफरलाई ठुक्राउँदा रितेश पोर्तेलको छेउ छेउमा बसेका रालेहरूको मुखभरि राल चुईरहेको देखेपछि रितेश पोर्तेललाई नसक्ने रहेछौं भन्ने बुझेपछि भष्टचारीहरूले रालेहरूतिर अफर दिएको हो राईले बताए। दार्जीलिङ नगरपालिका आज तिमीहरूको हातमा आएको छ। विकासको निम्ति आएको धनराशीहरूलाई सही रूपमा प्रयोग गर्न सक्यौं भने पनि धेरै राम्रो हो तर साथीहरूको नियत देख्दा मलाई भरोसा पटक्क लाग्दैन राईले भने।उनले भने, “तिमीहरूले बंगाल सरकारसंग मिलेर विकास गर्छौं भन्दै आईरहेका छौं, ठीकै छ, तिमीहरूले विकास गर्दै जाउँ अनि हामी छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति आन्दोलन गर्दै जाने छौं। गोर्खाहरूलाई गुल्चे गर्ने काम देश स्वाधीन हुनभन्दा अघिदेखि नै भएको हो अनि त्यो गुल्चे गर्ने प्रथा आजसम्म यथवत छ।”