एसएसबीद्वारा तस्कर पक्राउ

मिरिक: भारत नेपाल सीमामा तैनाथ सशस्त्र सीमा बल आठाै बाहिनीले १८ जनवरीकाे दिन हिलेभनज्याङ्ग भारत नेपाल सीमा पिलर संख्या ७१/ १८ देखि ७१ /१९ नजीग पाँच तस्करकाे साथमा गैरकानुनीरूपमा उनीहरूकाे साथमा रहेकाे हर्बल ओैषधिहरू शिलाजीत, यारसागुम्बा, देवदार तेलमस्कपोड कस्तूरी, केसर, नौराश आदिकाे साथमा पक्राउ गरेकाे एसएसबीले जानकारी गराएकाे छ। एसएसबीकाे जवानहरूले नियमित अनुगमनकाे क्रममा पाँच संदिग्ध युवकलाई देखेपछि चारैतर्फबाट घेरेर जवानहरूद्वारा तलाशी गर्ने क्रममा पाँच युवकबाट दुर्लभ हर्बल ओैषधिहरू जफ्त गरेकाे एसएसबीले जानकारी गराँउदै जफ्त गरिएकाे सामाग्री साथै तस्करहरूलाई रेञ्ज अफिस सुखियापोखरीलाई अग्रिम कार्यवाहीकाेलागि साेम्पिएकाे बताएकाे छ।

अर्काेतिर १९ जनवरीको दिन सीमा चौकी बरमनिराम्जोत एवं नयाँबस्तीद्वारा संयुक्त नाका लगाएर भारतीय सीमा स्तंभ संख्या ८६ नजीगबाट ६ वटा पशुकाे साथमा एक तस्करलाई एसएसबीले पक्राउ गरेकाे जनाएकाे छ। जफत पशु एवं तस्करलाई अग्रिम कार्यवाहीकाे लागि नक्सलबारी पुलिसलाई जिम्मा लगाएकाे एसएसबीले बताएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement