सिलगढीः ढाका जाने मिताली एक्सप्रेस ट्रेन आजदेखि शुरु भएको छ। उक्त ट्रेन सिलगढीको एनजेपीदेखि बङ्ग्लादेश जानेछ। आज बिहान दुवै देश भारत तथा बङ्ग्लादेशका प्रतिनिधिहरूले एनजेपी स्टेशनमा नयाँ ट्रेनको उद्घाटन गरे। आज पहिलो दिन उक्त मिताली एक्सप्रेस मा मोठ १८ जना यात्री सवार थिए। अबदेखि मिताली एक्सप्रेस ट्रेन हफ्तामा दुई दिन बुधवार र आइतबार एनजेपी स्टेशनबाट ढाकाको लागि प्रस्थान गर्नेछ। यसैगरी, बङ्ग्लादेशको ढाका छावनी स्टेशनबाट सोमवार र बिहीबार एनजेपीको लागि प्रस्थान गर्नेछ। एनजेपी स्टेशनमा अगावै इमिग्रेसन सेन्टर स्थापित गरिसकेको छ, यात्रीहरूले पासपोर्ट भिसा देखाएर ट्रेनमा चढ्न सक्नेछन्। उक्त ट्रेन परिसेवा शुरु भएपछि पर्यटन माहौलमा खुशी छाएको छ भने उत्तर बङ्गालमा पर्यटन व्यवसायलाई पनि यसले ठूलो सहयोग पुग्ने बताइएको छ। एनजेपी स्टेशनमा रेलवे अधिकारीहरू वाहेक जलपाइगढीका सांसद जयन्त राय अनि सिलगढीका विधायक शङ्कर घोष पनि उपस्थित थिए।