तपाईहरू कसैसित नडराई आफुलाई भएको अन्याय र अत्याचार उजागर गरिदिनुहोस्: विनय तामाङ

दार्जिलिङ: केन्द्रीय तथ्य अन्वेषण कमिटी जो अहिले घडी उतर बङालको विभिन्न क्षेत्रहरूको दौडाहा गरिरहेका छन् जसमा यी टोलीहरू दार्जिलिङ, कालेम्पोङ, खर्साङ अनि मिरिक सौरैनीमापनि आएका छन्।

म दार्जिलिङ पहाडको शोषित, पिड़ित, निमुखा र सरकारी सहुलियतबाट बन्चित आम जनताको तर्फबाट केन्द्रीय तथ्य अन्वेषण टोलीहरूलाई हार्दिक स्वागत अनि अभिवादन टक्राॅउदछु।

केन्द्रीय तथ्य अन्वेषण टोलीहरूले निष्पक्ष जाँच गर्नेछन् भन्ने हामी आश्वस्त र विश्वस्त छौ। हामी चाहान्छौ कि उक्त केन्द्रीय तथ्य अन्वेषण टोलीहरूले स्थलगत भ्रमण गर्न जाॅदा पश्चिम बंगाल सरकार अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अधिकारीहरूलाई लिएर वा उनीहरूले लगेका क्षेत्रहरूमा भ्रमण गरिन्दा के जाँच हस्तक्षेपरहित होला? के जाँच निष्पक्ष होला ? शंका जाग्नु स्वाभाविक हो। केन्द्रीय तथ्य अन्वेषण टोलीहरूले स्थलगत भ्रमण गर्न सहित वहाँहरूले पिड़ित जनताले सोझै आफ्नो तथ्यसहित गुनासो पोख्न “शिकायत गर्न वाट्सअप नम्बर अनि ईमेल एड्रेस “खोलिदिए सत्यता र वास्तविकता जान्नमा धेरै सहज र सरल हुनेछ । हाम्रो दार्जीलिङ पहाडको भौगोलिक अवस्थान अति विचित्र र असहज छ – भुटान र नेपालको सीमासम्म पर्दैछ जसमा आठवटा ग्रामीण क्षेत्रहरूको निम्ति बल्कहरू अनि शहरी क्षेत्रहरूको निम्ति ३ वटा नगरपालिकाहरू अनि १ वटा नगर अधिसुचित क्षेत्र पर्दछ।

केवल “प्रधानमन्त्री आवास योजना” मा मात्र होइन तर अन्य योजनाहरूकोपनि यथाशीघ्र जाँच गरिदियोस् हामी आम जनताको मत र चाहाना छ – आशा साॅचेका छौ अन्य योजनाहरूमापनि जाँच वा अन्वेषण गरिनेछ।

म मेरा सबै सर्वसाधारण पिड़ित र शोषित जनतालाई नम्र निवेदन गर्दछु कि तपाईहरू कसैसित नडराई आफुलाई भएको अन्याय र अत्याचार उजागर गरिदिनुहोस् अनि गाउँ-समाजहरूलेपनि यसमा सहयोग गरिदिने अपिल गर्दैछु।

विनय तामाङ
दार्जिलिङ

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement