सिटोङ लाचपञ्जार समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा रमेश छेत्रीले बुझाए नामांकन पत्र

IMG-20220601-WA0133.jpg

खरसाङ। आगामी जीटीए चुनावको लागि खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्जार समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा लाटपञ्जार निवासी रमेश छेत्रीले नामांकन पत्र बुझाएका छन्। यसपाली सिटोङ लाटपञ्जार समष्टीबाट रमेश छेत्रीले पहिलो प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका छन् भने यस समष्टीबाट अझैं निर्दलीय प्रार्थीहरूले नामांकन पत्र बुझाउने सम्भावना देखिएको छ। यसपाली सिटोङ लाटपञ्जार समष्टीमा चुनावको प्रतिद्वान्दिता निक्कै कड़ा हुने सक्ने सम्भावना देखिएको छ। सिटोङ लाठपञ्जार समष्टीबाट यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले पनि भोलि २ जूनको दिन नामांकन पत्र बुझाउने सम्भावना छ। त्यसैले पनि यो समष्टीमा प्रतिद्वान्दिता निक्कै कड़ा रहने भएको छ। सिटोङ लाठपञ्जार समष्टीबाट निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै रमेश छेत्रीले हाम्रो सिटोङ लाठपञ्जार समष्टीमा विकासको कार्यहरू केही नभएको र सबै डामाडोल भएको कारणले जनताहरूको अनुरोधमा नै आगामी जीटीए चुनावमा निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएको बताएका छन्। उनले हाम्रो क्षेत्रमा धेरै समस्याहरू छ अनि मेरो मुद्दा धेरै रहेको र जनताले साथ दिएर चुनावमा आएको अनि मेरो जीत यसपालीको चुनावमा निश्चित रहेको दाबी पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement