रिषिहाटमा नक्आउट फूटबल टुर्नामेण्टः ग्लेनबर्न युनाइटेड क्वार्टर फाइनलमा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रिषिहाट शाखाको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा ग्लेनबर्न युनाइटेडले क्वार्टर फाइनलमा स्थान बनायो। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा बुधवार भएको म्याचमा ग्लेनबर्न युनाइटेडले तकदाह युनाइटेडलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अर्पण गुरुङले २ गोल गरे। यसबाहेक सागर शेर्पा र रोनकले १-१ गोल गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement