प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित चन्दन गुरुङ स्मृति भेटरन्स फूटबल टुर्नामेण्टमा ओकाइटी भेटरन्स र मरमाह भेटरन्सले सेमिफाइनलमा स्थान बनायो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा बुधवार खेलिएको पहिलो म्याचमा ओकाइटी भेटरन्सले मिरिक म्यूनिसिपालिटी भेटरन्सलाई ४-३-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा मरमाह भेटरन्सले निगाले भेटरन्सलाई ३-१-ले पराजित गऱ्यो।
(दिवांगत चन्दन गुरुङ प्रति समर्पित।)