साइकलमा ऋषिकेशको १५ हजार ७ सय किलोमिटरको यात्रा तय

गान्तोक: उत्तराखण्ड ऋषिकेशका ३९ वर्षीय एथलीट तथा पर्वतारोही चानले जलवायु परिवर्तन र ग्लोबल वार्मिङ उन्मूलन गर्ने र भावी पुस्ताका लागि विश्वलाई एक उपयुक्त स्थानको रूपमा निर्माण गर्न सचेतना जागृत गर्दै साईकल यात्रामा निस्केको बताएका छन्। अहिलेसम्म उनले साइकलमा १५ हजार ७०० किलोमिटरको दूरी तय गरी ४ महिनाको यात्रा पूरा गरेका छन्। उनले ऋषिकेशबाट हिमाचलसम्मको यात्रा सुरु गरे र त्यसपछि कन्याकुमारीसम्मको यात्रा गरेको बताएका छन्। उत्तरपूर्वमा आफ्नो यात्रा पूरा गरेपछि उनी १७ जनवरीको दिन सिक्किम आईपुगेका छन्।

आज राजधानी गान्तोकमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चानले आफ्नो विचार साझा गरे। उनले हर घर बच्चा, हर घर हरियाली” जस्ता योजनाहरू लागू गर्न सरकारलाई आग्रह गर्दै जसमा बच्चा जन्मँदा हरेक पटक विरूवा रोप्ने जस्ता अवधारणा समावेश रहेको मन्त्व्य व्यक्त गरे। उनले सकेसम्म धेरै रुख रोपेर जङ्गल बनाउन सर्वसाधारणलाई आग्रह गरे। आफ्नो व्यक्तिगत जीवनशैलीको बारेमा कुरा गर्दै उनले यात्राको क्रममा आफू टेन्टमा बस्ने गरेको र प्रयोग गरिएको पार्टपुर्जाले बनेको साइकलमा घुम्ने गरेको बताए। उनले युवाहरुलाई सवारी साधनमा यात्रा गर्नुको सट्टा सकेसम्म साइकल प्रयोग गर्न सुझाव दिँदै साइकल यात्रीका लागि विशेष मार्ग निर्माण गर्न सरकारसँग आग्रह गरे। विभिन्न विद्यालय तथा कलेजमा गएर विद्यार्थीलाई ग्लोबल वार्मिङका असरबारे जानकारी गराउने गरेको उल्लेख गर्दै उनले ग्लोबल वार्मिङ क्रमशः भइरहने प्रकृया रहेको तर मानवले यसलाई नराम्रो स्थितिमा पुर्याएको विचार व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement