पूर्व विधायक तेञ्जी शेर्पासितै धेरैजना एसकेएम पार्टीमा सामेल

सोरेङ: सोरेङ जिल्ला अन्तर्गत दरामदिन समष्टिमा २००९-१४ सम्म दरमदिन समष्टिबाट सिक्किम विधानसभाका पूर्व विधायक तेन्जी शेर्पा,एसडीएफ पार्टीका पुर्व जिल्ला स्तरीय पञ्चायत सेलका पीटी शेर्पा, पश्चिम सिक्किम एसडीएफ पार्टीका पुर्व उपाध्यक्ष फुर्ल्हामु शेर्पा, थुप्देन शेर्पा लगायत अन्य एसडीएफ पार्टीका समष्टि स्तरीय, ब्लक अनि वार्ड स्तरीयका पदाधिकारीहरुको क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाको उपस्थितिमा एसकेएम पार्टीको झण्डा लग्यो।

स्मरण रहोस्, एसकेएम पार्टीद्घारा आयोजित १४औं रोलू दिवसमा पूर्व विधायक तेन्जी शेर्पा,पीटी शेर्पा, फुर्ल्हामु शेर्पा, थुप्देन शेर्पा लगायत कर्याकर्ताहरुले एसडीएफ पार्टी त्यागेर सत्तारूढ एसकेएम पार्टीमा सामेल भएका थिए। एकातिर एसडीएफ पार्टीले सिक्किम बचाउ अभियान चलाइरहेको बेला अर्कोतिर आफ्ने पार्टीका युवा नेताहरुले राजिनामा दिइरहेको हुँदा पार्टीलाई ठूलो धक्का लागेको छ। पूर्व विधायक शेर्पालाई बेदाक र इमानदार छबि भएको नेताको रूपमा पनि चिनिन्छ। उनी लगातार तीनपटकसम्म जिल्ला पञ्चायतको रूपमा पनि निर्वाचित भएका थिए।

मन्त्री एमएन शेर्पाको साथमा राज्य स्तरीय पञ्चायत सेलका महासचिव गोपाल गुरुङ, सीएलसी अध्यक्ष- टिका हाङ सुब्बा, उपाध्यक्ष विकास सुब्बा, चालक मोर्चा संयोजक इन्द्रमनि शर्मा, पश्चिम जिल्लाका उपाध्यक्ष- एमके राई, महासचिव डी.आर. शर्मा, पश्चिम जिल्ला उपाध्यक्ष एमजे लेप्चा, चालक मोर्चा अध्यक्ष पश्चिम जिल्ला निमा भुटिया, सीएलसी संयोजक निर्मल गौतम, पूर्व जिल्ला पञ्चायत जीवन गुरुङ अनि पार्टीका कर्याकर्ताहरुको उपस्थिति थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement