गणतन्त्र दिवस तयारीलाई लिएर सभा सम्पन्न

गान्तोक: गेजिङ जिल्लाकी जिल्लापाल हिस्सो डी.योङदाको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। सभामा विशेष गरेर आगामी दिनमा पालन गरिने गणतन्त्र दिवस तयारी सम्वन्धि छलफल गरियो। यस अवसरमा गणतन्त्र दिवसलाई कसरी सफल तुल्याउने भन्नेबारे चर्चा परिचर्चा गरियो। आजको सभामा डीआईजीपी हरि छेत्री, अतिरिक्त पुलिस अधिक्षक पासाङ टी. लेप्चा, महकुमा अधिकारी एसके आले लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए। सभालाई सम्बोधन गर्दै जिल्लापालले सबै कार्यालय प्रमुखहरूले आ-आफ्नो कार्यालयमा समयनिष्ठ र कार्यालय समयको कडाईका साथ पालना सुनिश्चित गर्नुपर्न अवगत गराइन्।उनले सम्बन्धित कार्यालयमा रहेका हेल्प डेस्कको अवस्था र सर्वसाधारणको सुविधाबारे थप जानकारी लिइन्। सबै अधिकारी र कर्मचारीहरूले समयमै काम सम्पन्न गर्न र जनताको समस्यालाई थाँतीमा नराख्ने आग्रह गरिन्।

जिल्लापालले बाजराको अन्तर्राष्ट्रिय वर्ष 2023 मा पनि जोड दिदै स्वास्थ्य विभागद्वारा कार्यान्वयनमा रहेको खाने अधिकार अभियानलाई प्रवर्द्धन गर्ने जिम्मेवारी सबैको रहेको बताइन्। उनले क्षयरोगीहरूलाई पोषण सहयोगको लागि क्षयरोगका बिरामीहरूलाई फुड बास्केट (उच्च प्रोटिन, पौष्टिक तत्व युक्त आहार) प्रदान गरी जिल्लाबाट क्षयरोग उन्मूलनमा ठूलो योगदान पुर्‍याउन सबै अधिकारीहरूलाई निर्देश दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement