कालचिनी। स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको आह्वानमा मङ्गलाबारदेखि थालिएको ७२ घन्टे हड़तालको आज दोस्रो दिन पनि मेचपाड़ा लगायत भाटपाड़ा, चुवापाड़ा, भातखावा, राजाभात, अठियाबारी, आदि चियाबारीहरुमा पालन गरिएको देखियो।
भोलिसम्म चल्ने यो ७२ घन्टे हड़तालको केही फलाफल यदि ननिस्किए आगामी दिनदेखि अनिश्चितकालिन हड़तालमा स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटी ओर्लिने सदस्यहरुले जनाएका छन।
अर्कोतिर भोलि सिलगढ़ीमा यस सम्बन्धमा त्रिपक्षीय बैठक सम्पन्न हुने तृणमूल चियाबारी श्रमिक यूनियन सुत्रले जनाएका छन।