भाजपाको राष्ट्रिय कार्यकारिणी बैठक १६ अनि १७ जनवरीको दिन नयाँ दिल्लीमा सम्पन्न

गान्तोकः भारतीय जनता पार्टीको राष्ट्रिय कार्यकारिणी बैठक १६ अनि १७ जनवरीको दिन नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकमा भाजपा सिक्किमका प्रदेश प्रभारी डा. दिलीप जेश्वाल अनि प्रदेश भाजपा कोषाध्यक्ष एवं राष्ट्रिय कार्यकारिणीमा विशेष आमन्त्रित केलास अग्रवालले सहभागिता जनाएका थिए। बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको अध्यक्षता अनि प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह अनि देशभरिबाट उपस्थित कार्यकारिणी सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकमा भाजपा राष्ट्रिय अध्यक्ष जेपी ननाको कार्यकाललाई आगामी जून, २०२४ सम्मको निम्ति सर्वसम्मतिले विस्तार गरिएको छ। भाजपा सिक्किमले जेपी नड्डालाई आगामी कार्यकालको निम्ति हार्दिक बधाई एवं सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गरेको छ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको संकल्प अनि पार्टी पदाधिकारीहरूको दायित्वबारे अवगत गराउँदै केन्द्र सरकारले गरीब कल्याणको संकल्प लिएर काम गरिरहेको बताए । सरकारले विंगत ८ वर्षमा राष्ट्रवादलाई बढ़ावा दिँदै आम जनमानसको सुविधा अनि उनीहरूको जीवनस्तरलाई माथि उठाउने दिशामा विभिन्न गरीबमुखी कार्यक्रम लिएर सफलतापूर्वक कार्यान्वयन गरेको बताउँदै बिना कुनै भेदभाव आम जनतासम्म यसको प्रत्यक्ष लाभहरू पुगिरहेको बताए। यस क्रममा उनले विभिन्न एनडीए शाषित राज्य सरकारहरूद्वारा सञ्चालित गरीबमुखी कार्यक्रमहरूको प्रशंसा गर्दै सरकारका यस्ता कार्यक्रमहरूलाई जन- जनसम्म पुयाउन पार्टी कार्यकर्ताहरूले निभाएको भूमिकाको पनि सराहना गरे। प्रधानमन्त्री मोदीले विगत आठ वर्षमा केन्द्रमा एनडीए सरकारले हासिल गरेका उपलब्धिहरूबारे प्रकाश पार्दै यसैको फलस्वरूप आज भारत विश्वका विकासित देशहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्दै काँधमा काँध मिलाएर अघि बढिरहहेको बताए । भारतले विगत आठ वर्षमा सबै क्षेत्रहरूमा उल्लेखनीय विकास गरेको बताउँदै आजादीको अमृतकालमा खड़ा रहेको भारतलाई आगामी २५ वर्षमा कहाँ पुयाउने भन्ने विषयमा आज प्रत्येक भाजपा कार्यकर्ताहरूले संकल्प गर्नुपर्ने कुरामा जोड़ दिएको प्रदेश भाजपा प्रवक्ता डा. राजु गिरीले प्रेस विज्ञप्तिमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement