मुख्यमन्त्री आउने सभास्थलको खुट्टी पूजा सम्पन्न

IMG-20220601-WA0131.jpg

कालचिनी। आगामी ७ जुनको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वारको परेड मैदानमा आउने निधो भएपछि परेड मैदानमा जनसभाको पण्डाल बन्न अघि आज विधिवत रुपमा खुट्टी पूजा सम्पन्न भएको जानकारी तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकले दिएका छन।
आज सो खुट्टी पूजामा जिल्ला सभापति प्रकास चीक बढ़ाईक लगायत डीपीएससी चेयरम्यान परितोष बर्मन तृणमूल नेता भाष्कर मजुमदार औ अन्यान्य नेतृत्वहरुको उपस्थिति रहेको थियो।
मूलतः मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा आगामी ७ जुनको दिन अलिपुरद्वार र जलपाईगुड़ी जिल्लालाई समेटेर कर्मीसभा सम्पन्न हुने तय रहेकोले परेड मैदानमा उक्त कार्यक्रमको निम्ति पण्डाल बन्न लागेकोले त्यसैको खुट्टी पूजा सम्पन्न आज गरिएको जिल्ला सभापति प्रकास चीक बढ़ाईकले जनाएका छन।
यसको निम्ति प्रस्तुति सभा पनि मङ्गलाबार नै प्रत्येक अञ्चल र बूथहरुलाई लिएर गरिएको र आज खुट्टी पूजा सम्पन्न गरेर कर्मीसभा बिना कुनै बाधा बिध्न सम्पन्न होस भन्ने प्रार्थना गरिएको र उक्त दिन प्रायः लाखौँको संख्यामा समर्थकहरुको सहभागिता रहने जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement