लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान बनायो। बुधवार खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा सिंगलिंग स्पोर्टिंग क्लबले नेपालको भीनस एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट विजय सुब्बा र जुमाले गोल गरे। यसरी भीनस एफसी-बाट रोजिन माझीले गोल गरे। टुर्नामेण्टको आठौं सीजनमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई आमन्त्रित गरिएको छ। दुईवटा सेमिफाइनल क्रमशः २० र २३ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










