रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा तरुण खेलकुद संघले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा बुधवार भएको म्याचमा तरुण खेलकुद संघले रंगबूल फूटबल एकाडमीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सेमुएल राई र नवांग भूटियाले १-१ गोल गरे। यसरी नै रंगबूल फूटबल एकाडमीबाट वांगदेन डुक्पाले गोल गरे। सेमुएल राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










