खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा एमएमएफसी निरपानी क्वार्टर फाइनलमा पुग्यो। खरसाङ नजिक चानमारी खेल मैदानमा आज भएको म्याचमा एमएमएफसी निरपानीले युनाइटेड रंगबूल फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बोयोमो, आशिष चापागाई र हिसुब थपालियाले गरे। युनाइटेड रंगबूल एफसी-का सुजन गिरीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने म्याचमा हिल सेभेन फूटबल क्लब र रोयल फूटबल क्लबबीच भिड़न्त हुनेछ। खेलकुद एवम् युवा मामिला विभाग (जीटीए)-को सहयोगमा भइरहेको यस प्रतिष्ठित टुर्नामेण्टमा १२ वटा नामी-दामी टीमहरूलाई स्थान दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल ३० जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









