रेलिङ्ग च्याम्पियन्स ट्रफीः मानेभञ्ज्याङ फूटबल क्लब सजिलै सेमिफाइनलमा

रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा मानेभञ्ज्याङ एफसी-ले सजिलै सेमिफाइनलमा स्थान बनायो। बुधवार खेलिएको क्वार्टर फाइनल म्याचमा मानेभञ्ज्याङ एफसी-ले नाम्चीको चाइल्डहुड एफसी-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याक्सवेल एक्लैले ४ गोल गरे। यसरी नै चाइल्डहुड एफसी-बाट कर्मा भूटियाले गोल गरे। म्याक्सवेललाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement