कालचिनीः अनुदीप फाउन्डेशनद्वारा बुधबार राईमाटाङ लगायत राभा बस्ती, साताली मण्डलपाड़ाका ८ वटा महिला टोलीहरूलाई धुपकाँटी बनाउने यन्त्र प्रदान गरीएको जानकारी अनुदीप फाउन्डेशनका एकाउन्ट उपसभापति मनोज कुमार सिंहले दिएका छन्। आज राईमाटाङ चियाबारीमा एउटा विशेष कार्यक्रमबीच अनुदीप फाउन्डेशनका पदाधिकारीहरू तन्मय मुखर्जी, दिव्येन्दु दास, मनोज कुमार सिंह र कृष्ण साधन अधिकारी एवम् राईमाटाङ चियाबारीका समाजसेवीहरू राजकुमार भुजेल, जयलाल तामाङ, दीप लामा र सहयोग फाउन्डेशनका मूलसचिव पवन योल्मो एवम् अन्यान्य।
मूलतः तस्करीको शिकार भएर घर फर्की आएको महिलाहरू एवम् काम मामको खोजीमा घर छोड़ेर बाहिर काम गर्न बाध्य भएका महिलाहरूलाई घरमा बसेर स्वरोजगार बन्नलाई यो पहल अनुदीप फाउन्डेशनले गरेको र यस मार्फत आफ्नो खुट्टामा असहाय महिलाहरू उभिन सकियोस भन्ने उद्देश्य रहेको अनुदीप फाउन्डेशनका एकाउन्ट उपसभापति मनोजकुमार सिंहले जनाएका छन्।अतिथिको रुपमा कालचिनी थानाका मेजोबाउ एसआई फजलुल हकको पनि उपस्थिति रहेको थियो।









