आङला सुब्बा चुनाव नलड्ने, अफवाह नफैलाउने अनुरोध

  

मिरिक: समाजिक कार्यकर्ता अरबीन आङला सुब्बाले बुधबार संचारमाध्यमसित कुरा गर्दै २६ जूनमा हुने जीटीएको चुनाव आफू स्वतन्त्र उम्मेद्वारको रूपमा खडा हुने कुरा उडन्ते र मनगडन्ते रहेको बताएका छन्। उनले अरबीन आङला सुब्बा असंवैधानिक जीटीएको पक्षधर कहिले थिएन अनि हुने पनि छैन भन्दै यसको विरोध आफूले गोरामुमोमा हुँदादेखि नै गरेको बताएका छन्l हालमा पनि जीटीएको चुनावमा आफ्नो कुनै चासो नरहेको उनको भनाई छ। यद्यपि कतिपयले सोसियल मिडियामा अरबीन आङला सुब्बा जीटीए चुनावमा स्वतन्त्र उम्मेद्वार हुनसक्छ भनेर अफवाह फैलाउने कार्य गरेको आरोप लगाएका छन्। जीटीए चुनाव नलड्ने भन्दै कसैलाई पनि मनगड्न्ते कुराको अफवाह नफैलाई दिने अनुरोध गरेका छन्l  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement