कालचिनीः लगातार जंगली हात्तीको आक्रमणमा गाउँलेहरूको ज्यान जोखिममा परिरहेको क्रममा आज फेरि सेन्ट्रल डुवर्स चियाबारीको बासरा डिभिजन निवासी सुरेन सुनार उमेर ४८ लाई एउटा जंगली हात्तीले आक्रमण गरेर गम्भीर घाईते बनाएको घटना प्रकासमा आएको छ।
भाग्यवश उक्त व्यक्तिलाई गाउँलेहरूको सहयोगितामा उत्तर लोथाबारी ग्रामीण अस्पतालमा उपचारको निम्ति ल्याएको थियो भने प्रारम्भिक उपचार पश्चात घाईतेलाई अलिपुरद्वार जिल्ला अस्पताल पठाएको बताईएको छ। यता उक्त घटनाले यसघरी सम्पूर्ण गाउँलेहरू आतङ्कित बनेको छ भने बन विभागले यस सम्बन्धमा केही टिप्पणी गरेका छैनन्।









