कार र टोटो ठोक्किँदा ६ जना घाइते

मालदा: कार र टोटो एक आपसमा ठोक्किँदा टोटोमा सवार ६ जना घाइते भएका छन्। घटना मंगलबार साँझ गजोल थाना क्षेत्रको एकलाक्षी क्षेत्रमा भएको हो। स्थानीयवासीले राहत र उद्धारको काम गर्दै उनीहरूलाई तत्कालै स्थानीय हातीमारी स्वास्थ्य केन्द्रमा भर्ना गर्ने व्यवस्था गरेका थिए। त्यहाँ एक व्यक्तिको अवस्था गम्भीर देखिएपछि डाक्टरले उनलाई मालदा मेडिकल कलेज अस्पताल लैजान सल्लाह दिए। तिनको मालदा मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। घाइतेको पारिवारिक श्रोतका अनुसार घाइते टोटोमा सवार सीमा मर्दी २६ वर्षकी हुन्। उनी सम्बन्धित प्रहरी चौकी मलञ्च क्षेत्रकी हुन्। उनको हाल मालदा मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement