हात्तीको आक्रमणबाट एकको मृत्यु

कोलकता: हात्तीको आक्रमणबाट अर्का निर्दोषको मृत्यु भएको छ। मृत्यु हुनेको नाम कालीपद बाओरी (४०) रहेको छ। घटना बुधवार बांकुराको बेलियाटोर रेन्जको वृन्दबनपुरको सगरकाटा गाउँमा भएको हो। स्थानीय श्रोतका अनुसार कालीपद बाओरी अरु दिनहरू जस्तै घर नजिकको जंगलमा गएका थिए। यसैबीच हात्तीले उनीहरूमाथि आक्रमण गरेको थियो उनलाई गाउँलेहरूले उद्धार गरी बाँकुरा सम्मिलानी मेडिकल कलेज र अस्पताल पुर्याएका थिए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। माघ १० गते राति पनि बेलियाटोर र बर्जोरा थाना क्षेत्रका दुई गाउँमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो। जसका कारण यस क्षेत्रमा वन विभागको भूमिकामाथि प्रश्न उठेको छ। खबर पाएलगत्तै वन विभागका कर्मचारी घटनास्थल पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement