कोलकाता: पश्चिम बङ्गाल पुलिसले मङ्गलबार २२ वर्षीया युवतीलाई पक्राउ गरेको छ। ती युवतीसँग राहदानी थिएन, त्यसैले प्रेमीलाई भेट्न अवैध रूपमा भारत प्रवेश गरेकी थिइन्। बाघ जस्ता जङ्गली जनावरको आक्रमणको खतरा हुने बाटो, गोहीले पौडी खेल्ने नदीको डरलाग्दो बाटो पार गरेर आएकी थिइन्l कोलकातामा मङ्गलबार पक्राउ परेकी एक बङ्गलादेशी युवतीले यसरी भारतमा पसेको बताइन्। सुन्दरवनको जङ्गलमा बाघ र गोहीले भरिएको नदीमा एक घण्टा पौरिएर आफ्नो प्रेमीलाई भेट्न पुगिन्। जानकारीका अनुसार बङ्गलादेशी युवतीले आफ्नो ज्यान जोखिममा पारेर प्रेमीसँग मात्र भेट गरेकी थिइनन्, तीन दिनअघि कोलकाताको कालीघाट मन्दिरमा विवाह पनि गरेकी थिइन्। यस्तो विवाहको चर्चा तीव्र गतिमा फैलियो। उनी अवैध रुपमा भारत प्रवेश गरेको थाहा पाएपछि नरेन्द्रपुर पुलिस थानाका पुलिसले उनलाई मङ्गलबार पक्राउ गरेको छ। समाचारअनुसार युवतीको नाम कृष्ण मण्डल हो। उनी बङ्गलादेशको सतखीरा निवासी हुन्। स्रोतका अनुसार कृष्णालाई बङ्गलादेश उच्चायोगलाई सुम्पन सकिन्छ। पुलिस स्रोतका अनुसार उनले बङ्गालका अभिक मण्डलसँग फेसबुकमा भेटघाट गरेका थिए। त्यसपछि दुवै प्रेममा परे। जानकारी अनुसार कृष्णा मण्डलसँग पासपोर्ट थिएन। यस्तो अवस्थामा उनले अवैध रुपमा भारत प्रवेश गर्न खतरनाक बाटो रोजिन्।