उमरान मलिकलाई लिएर अधिक सोच्न चाहँदैनन् दक्षिण अफ्रिकी कप्तान बावुमा

photocollage_202261182753162.jpg

१ जूनः इण्डियन प्रीमियर लीग (आईपीएल)-को १५औं सीजनमा आफ्नो भयावह गति (पेस)-द्वारा ब्याटरहरूका मनमा आतंक सृष्टि गर्दै युवा भारतीय पेस बलर उमरान मलिक अब अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो छाप छोड़्न तयार छन्। भारतीय टीममा चयन भएका यस बलरले दक्षिण अफ्रिका विरुद्ध आउँदो टी२० सीरीजको पहिलो म्याचमै अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्ने सम्भावना छ। अनुभवी जसप्रीत बुमराहको अनुपस्थितिमा उमरानलाई कप्तान केएल राहुलले मुख्य अस्त्रको रूपमा प्रयोग गर्न सक्छन्। उमरानले सम्पूर्ण क्रिकेट जगतमा हलचल मचाए पनि पाहुना टीम दक्षिण अफ्रिकाका कप्तान तेम्बा बावुमाले चाहिँ भारत प्रस्थान गर्न अघि ठूलो बयान दिँदै उनका खेलाड़ीहरू यस्तो गतिमा खेल्ने आदत रहेको बताए।
भारत र दक्षिण अफ्रिकाबीच ९ जूनदेखि शुरु हुने टी२० सीरीजको निम्ति दक्षिण अफ्रिका टीम २ जूनसम्म भारत पुग्ने सम्भावना रहेको छ। भारत यात्राको तयारीमा रहने दक्षिण अफ्रिकी कप्तान बावुमाले पत्रकार सम्मेलनमा उमरान मलिकबारे पनि कुरा गरे। उमरान विरुद्ध टीमको रणनीतिबारे प्रश्न गरिँदा बावुमाले भने, प्रोटियाज टीमसँग तेज गतिको सामना गर्ने पर्याप्त अनुभव छ। मेरो विचारमा हामी दक्षिण अफ्रिकामा पेस बलरहरूका सामना गरेर नै हुर्किएका हौं। जे भए पनि १५० किलोमीटर प्रति घण्टाको गतिमा आएको बलको सामना गर्नु कुनै पनि ब्याटरले मन पराउँछन् जस्तो मलाई लाग्दैन। जति तयारी गर्न सकिन्छ..त्यो गर्दा हुन्छ। हामीसँग पनि १५० किलोमीटर प्रति घण्टाको गतिमा बलिंग गर्ने खेलाड़ीहरू छन्। हामीसँग पनि यस्ता खेलाड़ीहरू छन्।
बावुमाले उमरानको प्रशंसा गर्दै भने, उमरान भारतीय टीमका रोमाञ्चक पेस बलर बन्ने सम्भावना छ। आईपीएल भारतीय टीमको निम्ति राम्रो रह्यो कारण त्यहाँबाट उनीहरूलाई पेस बलिंग विकल्पबारे थाहा लाग्यो। उमरान एकजना विशेष प्रतिभा हुन् अनि उनले अन्तर्राष्ट्रिय स्तरमा पनि आईपीएलको सफलता दोहोऱ्याउन सक्ने मलाई आशा छ। भारतले यस सीरीजको निम्ति आफ्ना धेरैजना सीनियर खेलाड़ीहरूलाई विश्राम दिएको छ तर पनि बावुमा यस टीमलाई हल्कामा लिन चाहँदैनन्। उनले भने, टीममा केएल राहुल, रिषभ पन्त र अन्य धेरैजना वरिष्ठ खेलाड़ीहरू रहेका छन्। यसैकारण हामी यस टीमलाई हल्कामा लिन सक्दैनौं। यसबाहेक हामीसँग खेलाड़ीहरूलाई विश्राम दिने सुविधा छैन। भारतले धेरैजना खेलाड़ीलाई विश्राम दिए पनि अहिले टीममा हुने सबैजना असल लयमा छन्। उल्लेखनीय छ, इमरान मलिकले आईपीएल २०२२-मा सर्वश्रेष्ठ उदीयमान खेलाड़ीको पुरस्कार जितेका थिए। उनले पूरा सीजनमा १५० किलोमीटर प्रति घण्टाभन्दा अधिकको गतिमा बलिंग गर्दै २२ विकेट हासिल गरे। उनले आईपीएल २०२२-मा १५७ किलोमीटर प्रतिघण्टाको गतिमा सीजनको दोस्रो सबैभन्दा तेज बल गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement