हाम्रो पार्टीको निगरानी कमिटीले ४५ वटा समष्टिहरूमाथि निगरानी राख्ने

दार्जीलिङ: हाम्रो पार्टीको निगरानी कमिटीले जीटीएको ४५ वटा समष्टिहरूमा निगरानी गर्ने भएको छ। जीटीए क्षेत्रका जनताहरूले आफुहरूको क्षेत्रमा कुनै प्रकारको विकास कार्यहरू नभएको गुनासो हाम्रो पार्टी समक्ष राख्दै आएको हुनाले गत केही दिन अघि मात्र हाम्रो पार्टीले निगरानी कमिटी गठन गरेको छ। पार्टीले निगरानी कमिटीको दाहित्व पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँलाई सुम्पिएको छ। यस सन्दर्भमा पार्टी केन्द्रीय महासचिव भोटियाले जीटीए क्षेत्रका जनताहरूले आफ्नो क्षेत्रमा कुनै प्रकारको विकास कार्यहरू नभएको गुनासो पोख्दै आएको हुनाले पार्टीले निगरानी कमिटी गठन गर्ने निर्णय लिएको हो अनि त्यसको दायित्व पार्टीले आफुलाई सुम्पिएको बताए। जीटीए सभाको चुनावपछि बोर्ड गठन भएको ७ महिना बेसी भईसकेको छ तर आजसम्म जीटीए क्षेत्रको धेरै ग्रामीण क्षेत्रहरूमा बाटो पुग्न सकेको छैन। कुनै पनि क्षेत्रको विकास हुनु हो भने सर्वप्रथम त्यस ठाउँमा बाटो पुग्नपर्छ तर जीटीएको धेरै गाउँ, बस्ती क्षेत्रहरूमा आजसम्म बाटो पुग्न सकेको छैन, यो दु:खको विषय हो। दार्जीलिङ गोर्खा पार्वतीय परिषदको गठनपछि पहाडको धेरैवटा क्षेत्रहरूमा बाटोको निर्माण कार्यहरू भएको थियो तर दु:खको कुरा आजसम्म ती बाटोहरूको जीर्णोद्वार एंव नयाँ बाटोहरूको निर्माण कार्य भएको छैन महासचिव भोटियाले भने। हाम्रो पार्टी भनेको जनताको पार्टी हो, त्यसकारण जनताको एक एक समस्यामाथि हामी काम गर्नेछौं साथै नजर राख्ने छौं तिनले भने।हाम्रो पार्टीको निगरानी कमिटीले दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक साथै जीटीए क्षेत्रभरि नै कडा निगरानी राख्ने काम गर्नेछ महासचिव भोटियाले भने। उनले अझ भने पहाडको विकासको निम्ति आएको विकास कार्यहरूमा विना भेदभाव विकास कार्य भएको हुनपर्छ। पहाडको धेरैवटा स्थानहरूमा आजसम्म बाटो पुग्न सकेको छैन,जसको कारणले गर्दा विमार हुदा विमारीलाई बोकेर अस्पताल पूराउँन पर्दैछ, यो भन्दा ठूलो दु:खको कुरा अरू के हुन सक्छ!महासचिव भोटियाले भने।पहाडको धेरै क्षेत्रका जनताहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड समक्ष गाउँमा बाटो नभएको गुनासोहरू पोख्दै आईरहेका छन् अनि ती क्षेत्रहरूमा बाटो खन्ने कार्यहरू पनि गरी दिएका छन् साथै बाटो खन्ने कार्यहरू आज पनि यथावत् रहेको महासचिव भोटियाले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement