सिलगढ़ी। नक्सलबाड़ी चिया कमानमा हात्तीको हमलामा एक व्यक्तिको मृत्यु भएको छ।
जानकारी अनुसार, बुधवार बिहान चिया कमानमा काम गरिरहेको समय श्रमिकहरूले एक व्यक्तिको शव देखे। शव माटोमा ढाकिएको थियो। यसपछि यसको जानकारी नक्सलबाड़ी पुलिसलाई दिइयो। नक्सलबाड़ी पुलिस र टुकुरिया वन विभागका कर्मी घटनास्थलमा पुगे औं शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाए। मृतकको पहिचान हुनसकेको छैन। वन विभागलाई घटनास्थलमा हात्तीको खुट्टाको निशान प्राप्त भएको छ। यस्तोमा व्यक्तिको मृत्यु हात्तीको हमलामा भएको आशंका व्यक्त गरिएको छ। अहिले पुलिस मामिलाको जाँचमा जुटेको छ।









