सिलगढी: श्री श्री अनुकुल ठाकुरको १३५औं चन्द्र जन्मजयन्ती सिलगढीको अथरखाई सत्संग विहारमा मनाइयो। बुधबार बिहानैदेखि श्रीश्री ठाकुर अनुकुल चन्द्रको नाममा कीर्तन, प्रार्थनालगायत विभिन्न भक्ति कार्यक्रम सुरु भएको थियो। यस कार्यक्रममा सिलगढी सहित उत्तर बङ्गालका विभिन्न भागबाट अनुकुल ठाकुरका भक्तजनहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो। मन्दिर समितिले उपस्थित भक्तजनका लागि दिउँसो प्रसादको व्यवस्था समेत गरेको थियो। ठाकुरको जीवनी, ठाकुरको नामजप र पूजासहितको मातृ सम्मेलनमा साँझसम्म छलफल चलेको बताइएको छ। सो अवसरमा आठरोखाईस्थित सत्संग विहारलाई भव्य रुपमा सजाइएको थियो। कार्यक्रममा सिलगढी र आसपासका सहरहरू र बिहारबाट पनि ठाकुरका भक्तजन र शिष्यहरू ठूलो संख्यामा पुगेका छन्।









