दार्जीलिङ: बिधायक निरज जिम्बा द्वारा स्थानीय बिधायक क्षेत्र विकास योजना अन्तर्गत कल्याणकारी योजनाहरु तीब्र गतिमा अगि बडिरहेको बिधायक निरज जिम्बा द्वारा जानकारी प्राप्त भएका छन्। बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय बिधायक क्षेत्र विकास योजना कोषबाट दार्जीलिङ नगरपालिका क्षेत्राधिकार अन्तर्गत बर्ष २०२१/२२ को योजना अन्तर्गत वार्ड नम्बर ७ मा राजबारीको रानीहिट्टी सामुदायिक भवन जीर्ण अवस्थामा रहेकाले उक्त हलको मर्मत कार्य साथै भवनलाई बिस्तार गर्ने कार्य जारी रहेको साथै मर्मतीको कार्य अन्तिम चरणमा रहेका छन्।

दुई लाख रुपियाँको अनुमानित राशिमा कार्य सम्पन्न भइरहेको बिधायक जिम्बा द्वारा जानकारी प्राप्त भएका छन्। यसैगरी बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय बिधायक क्षेत्र विकास योजना कोषबाट बर्ष २०२१/२२ दार्जीलिङ नगरपालिका क्षेत्राधिकार अन्तर्गत वार्ड नम्बर २३ तल्लो हरिदास हट्टा शंकर ग्राममा नाला मर्मतीको कार्य साथै पोनी बाटोलाई बडाउने कार्य अन्तिम चरणमा रहेका छन्। यस कार्यको निम्ति दुई लाख रुपियाँको अनुमानित राशि खर्च भएको बिधायक जिम्बा बाट जानकारी प्राप्त भएका छन्।









