निरपानी: जीटीएद्वारा निरपानी क्षेत्रका ७३ परिवारहरूलाई पर्जापट्टा वितरण गरिएको छ। यस अवसरमा बोल्दै सभासद मिलेस राईले भने-“जमीन हाम्रो अधिकार हो र त्यो अधिकार हामी दिलाउनेछौं ” भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चुनावी घोषणा गरेका थिए। यसै घोषणा अनुसार जीटीएको सत्ता सम्हाले पश्चात पार्टीले यस मुद्दालाई अघि बढाउन अध्यक्ष अनित थापाको निर्देशमा एउटा आन्तरिक समिति गठन गरी काम शुरु भएको थियो। समितिको कामको परिणामस्वरूप आज जमीनहीन जीवन यापन गर्ने धेरै कमान अनि बस्तीका मानिसहरूले जमीनको हक पाउनु थालेको छ।”

जमीनको अधिकार दिलाउने पर्जापट्टा वितरणको क्रममा आज निरपानी हाई स्कूलमा आयोजित एक कार्यक्रममा जीटीए मुख्य सचिव एंव दार्जिलिङ जिल्ला शासक एस पुन्नमबलामले ७३ परिवारहरूलाई पर्जापट्टा वितरण गरेका छन्। यस अवसरमा सभासद परेश तिर्कीले भने “पर्जापट्टा यस क्षेत्रको मानिसको दीर्घकालीन मांग हो। आज अनित थापाको नेतृत्वमा मांग पूरा गर्नु सफल भएका छौं। आज ७३ परिवारहरूलाई पर्जापट्टा वितरण गर्यौ। यो पहिलो चरणको वितरण हो।”









