सरफराज भारतीय टोलीबाट बाहिर रहनुलाई घरेलु क्रिकेटको अपमान बताए भेंकटेश प्रसादले

घरेलु क्रिकेटमा मुम्बईको प्रतिनिधित्व गर्ने २६ वर्षीय सरफराज खानले घरेलु क्रिकेटमा लगातार रन बनाएका छन् तर उनलाई भारतीय टीमबाट खेल्ने मौका अहिलेसम्म प्राप्त भएको छैन। यस मुद्दामा भारतका पूर्व पेस बलर भेंकटेश प्रसादले बीसीसीआई र राष्ट्रिय चयनकर्ताहरूको आलोचना गर्दै अष्ट्रेलिया विरुद्ध आउँदो घरेलु टेस्ट सीरीजको निम्ति सरफराजलाई किनारा गर्नुलाई अनुचित र घरेलु क्रिकेटको अपमान बताए। सरफराजले मंगलवार रणजी ट्रफी ग्रुप बी-को म्याचमा दिल्ली विरुद्ध शतकीय ईनिंग्स खेले। प्रथम श्रेणीको क्रिकेटमा यो उनको १३औं शतक हो अनि उनले उनले ८० भन्दा अधिकको औसतले रन बनाएका छन्। रणजी ट्रफीको जारी सीजनमा यो उनको तेस्रो शतक हो।
प्रसादले ट्वीट गरेका छन्, तीनवटा ब्लकबस्टर घरेलु सीजनपछि पनि उनी (सरफराज) टेस्ट टोलीमा नहुनु सरफराज खानको निम्ति अनुचित मात्र नभएर घरेलु क्रिकेटको निम्ति अपमानजनक पनि हो। यो घरेलु क्रिकेटको मञ्चले केही फरक पर्दैन भन्ने देखाउनु जस्तो हो। इण्डियन प्रीमियर लीगमा रोयल च्यालेञ्जर्स बेंगलुरु र किंग्स इलेभेन पञ्जाबसँग प्रशिक्षकको रूपमा काम गरिसकेका भारतका पूर्व पेस बलरले भारतका केही क्रिकेटरहरू प्रति पनि कटाक्ष गरेका छन्। प्रसादको भनाइअनुसार, भारतीय टीममा अहिले पनि सरफराजभन्दा अधिक ओजन भएका धेरै खेलाड़ी छन्। उनले भने, उनी रन बनाउनको निम्ति फिट छन्। शरीरको ओजनको कुरा नै आउँछ भने अहिले पनि टोलीमा अधिक ओजन भएका खेलाड़ीहरू रहेका छन्। सरफराजले गत दुई रणजी ट्रफी सीजनमा केवल १२ वटा म्याचमा १३६.४२-को औसतले १९१० रन बनाएका थिए। यस सीजनमा पनि उनले तीनवटा शतक बनाइसकेका छन्। यसरी चयनकर्ताहरूले बारम्बार किनारा लगाउँदा सरफराज आफै पनि निराश छन्। उनले सोशल मीडियामा आफ्नो निराशा व्यक्त गरिसकेका छन्। भारत र अष्ट्रेलियाबीच चारवटा टेस्ट म्याचको सीरीज ९ फरवरीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement