अर्काको धर भत्काएर नरमाउँ

पहाडको जनताले तिम्रो करतूत देखेको छ,बस समय पर्खेर बसेको छ: लाडुप धिसिङ

दार्जीलिङ: अर्काको धर भत्काएर तिमी नरमाउँ, तिम्रो करतूत पहाडको जनताले देखेको छ यो मन्तब्य लाडुप घिसिङले पोखेको हो।शहरको क्यापिटल हलको प्राङ्गनमा गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मिरिक क्षेत्रका हाम्रो पार्टी कार्यकर्ता लाडुप धिसिङले अर्काको घर भत्काएर तिमी नरमाउँ, तिम्रो कालो करतूत पहाडको जनताले देखेको छ,चुनाव आउँदैछ,जनताले तिमीलाई फेरि जवाफ दिनेछ तिनले भने।तिमीले विगतको गोर्खाल्याण्ड आन्दोलनमा होमिएको कुरा गर्छौ तर पहाडमा गोली चल्दा तिमी खोलाको बगरमा थियौँ हामीलाई थाह छ।छेवको साथीलाई गोली लागेर ढल्दा कस्तो हुन्छ त्यो हामीलाई थाह छ, तर तिमीले आन्दोलनमा खटेको नौटकी गर्दैछौ घिसिङले भने।तिमीले दार्जीलिङ पहाडलाई बेच्ने काम गर्दैछौ तर दार्जीलिङ पहाडको जनता मरेको छैन, गोर्खा मरेको छैन अनि हामी मरेका छैनौँ। गोर्खाल्याण्ड चाहनेहरू जिउदो लाश भएको छैन,दुई पैसामा विक्री भएको छैन, राशनको चामल खान्दै भएपनि बाँचिरहेको छ घिसिङले भने। तिमीले आन्दोलनको ठूल्ठूला कुराहरू गर्छौ तर हामी सडक हुँदा तिमीलाई कहिले पनि देखेनौ, दार्जीलिङमा इन्टर नेट ठप्प गरिदिएका थिए, गणतन्त्रको हनन गरिदिएका थिए।आफुसँग हिँडेको साथीलाई गोली लाग्दा,साथीको आलो रगत सोरेर हामी हिँडेका थियौ। तर तिमीले झूठ बोलेर जनताको आखाँ छल्ने काम गर्दैछौ तर जनताले सवै थोक आफ्नै आखाँले हेरेको छ। जनताले जे जति भोग्न परेको थियो, त्यो तिमीले भोग्न परेन। कतिजना जेल बस्दा पाँच तारे होटलमा बसेको जस्तो थियो, किरा सारीको भात चहि हामीले खाएको हो,हामीले जेल खटेको भनेर फुटानी नदेखाउँदा हुन्छ घिसिङले भने। जेलमा भोगेको तितो क्षणहरू मलाई अझ थाह छ। कतिजना साथीहरू कोर्ट डेमा जान्दा सिटी सेन्ट्रर गएको जस्तो हुन्थ्यो घिसिङले भने। अहिलेको जीटीए चीफ जेल बस्दा सरकारी मुराई चिउरा खान्दैन थियो, कोठाभरी वाई वाईहरू राखेर जेलमा बसेका थियो त्यसलाई जेल बसेको भन्छ? भन्दै घिसिङले प्रश्न तेर्साए। आफुले ९ वटा रिमाण्ड खटेको जानकारी गराउँदै घिसिङले आफुले जस्तो संघर्ष अरूले नगरेको बताए। दार्जीलिङ पहाडको जनताले तिम्रो करतूत देखिसकेको छ बस समय पर्खेर बसेको छ, ब्यालेटको समय पर्खेर बसेको छ, अर्काको धर भत्काएर रमाउँने चङखो बस्ने घिसिङले सुझाव पनि दिए। तिमी उभिएको घरती खोसिन्दा, तिम्रो आकाश खोसिन्दा कस्तो हुन्छ त्यस समय तिमीले बुझ्ने छौ घिसिङले भने। गोर्खा स्वाभिमान संघर्षको मञ्चलाई तिमीले गाली गर्ने मञ्च भन्दैछौ तर तिमीले गाली खाने काम नै गरेपछि गाली त खान्छौ नै।तिम्रो ब्यवहार र कर्मले गर्दा तिमी मर्दा मलामी पाउँछौ की पाउँदैनौ तर कात्रो चहि सुरक्षित राख्ने काम गर। तिमीले जाति बेचेर भीख माग्ने काम मात्र गरेका छौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement