पहाडको जनताले तिम्रो करतूत देखेको छ,बस समय पर्खेर बसेको छ: लाडुप धिसिङ
दार्जीलिङ: अर्काको धर भत्काएर तिमी नरमाउँ तिम्रो करतूत पहाडको जनताले देखेको छ यो मनतब्य लाडुप धिसिङले पोखेको हो।शहरको क्यापिटल हलको प्रांगनमा गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आई रहेको छ। आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मिरिक क्षेत्रका हाम्रो पार्टी कार्यकर्ता लाडुप धिसिङले अर्काको धर भत्काएर तिमी नरमाउँ, तिम्रो कालो करतूत पहाडको जनताले देखेको छ,चूनाव आउँदैडछ,जनताले तिमीलाई फेरि जवाफ दिनेछ तिनले भने।तिमीले विगतको गोर्खाल्याण्ड आन्दोलनमा होमिएको कुरा गर्छौ तर पहाडमा गोली चल्दा तिमी खोलाको बगरमा थियौ हामीलाई थाहाँ छ।छेवको साथी लाई गोली लागेर ढल्दा कस्तो हुन्छ त्यो हामीलाई थाहाँ छ, तर तिमीले आन्दोलनमा खटेको नौटकी गर्दैछौ घिसिङले भने।तिमीले दार्जीलिङ पहाडलाई बेच्ने काम गर्दैछौ तर दार्जीलिङ पहाडको जनता मरेको छैन, गोर्खा मरेको छैन अनि हामी मरेका छैनौ। गोर्खाल्याण्ड चाहानेहरू जिउदो लाश भएको छैन,दुई पैसामा विक्री भएको छैन, राशनको चामल खान्दै भए पनि बाँची रहेको छ धिसिङले भने। तिमीले आन्दोलनको ठूल्ठूला कुराहरू गर्छौ तर हामी सडक हुदा तिमीलाई कहिले पनि देखेनौ, दार्जीलिङमा इन्टर नेट ठप्प गरी दिएका थिए, गणतन्त्रको हनन गरी दिएका थिए।आफुसंग हिडेको साथीलाई गोली लाग्दा,साथीको आलो रगत सोरेर हामी हिडेका थियौ तर तिमीले झूठ बोलेर जनता को आखाँ छल्ने काम गर्दैछौ तर जनताले सवै थोक आफ्नै आखाँले हेरेको छ, जनताले जे जति भोग्न परेको थियो, त्यो तिमीले भोग्न परेन। कति जना जेल बस्दा पाँच तारे होटलमा बसेको जस्तो थियो, किरा सारीको भात चहि हामीले खाएको हो,हामीले जेल खटेको भनेर फुटानी नदेखाउँदा हुन्छ धिसि²ङले भने। जेलमा भोगेको तितो क्षणहरू मलाई अझ थाहाँ छ।कति जना साथीहरू कोर्ट डेमा जान्दा सीटी सेन्ट्रर गएको जस्तो हुन्थ्यो धिसिङले भने। अहिलेको जीटीए चीफ जेल बस्दा सरकारी मुराई चिउरा खान्दैन थियो, कोठाभरी वाई वाई हरू राखेर जेलमा बसेका थियो त्यसलाई जेल बसेको भन्छ? भन्दै धिसिङले प्रश्न तेर्साए। आफुले ९ वटा रिमाण्ड खटेको जानकारी गराउँदै धिसि²ङले आफुले जस्तो संघर्ष अरूले नगरेको बताए। दार्जीलिङ पहाडको जनताले तिम्रो करतूत देखी सकेको छ बस समय पर्खेर बसेको छ, ब्यालेटको समय पर्खेर बसेको छ, अर्काको धर भत्काएर रमाउँने चङखो बस्ने धिसिङले सुझाव पनि दिए। तिमी उभिएको घरती खोसिन्दा, तिम्रो आकाश खोसिन्दा कस्तो हुन्छ त्यस समय तिमीले बुझने छौ धिसिङले भने। गोर्खा स्वाभिमान संघर्षको मंचलाई तिमीले गाली गर्ने मंच भन्दैछौ तर तिमीले गाली खाने काम नै गरेपछि गाली त खान्छौ नै।तिम्रो ब्यवहार र कर्मले गर्दा तिमी मर्दा मलामी पाउँछौ की पाउँदैनौ तर कात्रो चहि सुरक्षित राख्ने काम गर।तिमीले जाति बेचेर भीख मांग्ने काम मात्र गरेका र्छौ।









