आफूलाई फाइटर बताइन् साइना नेहवालले

लण्डन ओलम्पिकमा काँस्य पदक विजेता भारतीय ब्याडमिण्टन खेलाड़ी साइना नेहवालले आफूलाई शुरुदेखि नै फाइटर रहेको अनि आउँदो समयमा पनि संघर्ष जारी राख्ने बताइन्। विश्वकी पूर्व नम्बर एक खेलाड़ी साइनाले इण्डियन ओपन ब्याडमिण्टन टुर्नामेण्टको शुरुवाती म्याचमा डेनमार्ककी मिया ब्लिचफेल्टलाई २१-१७, १२-२१, २१-१९-ले पराजित गरिन्। म्याचपछि साइनाले भनिन्, म शुरुदेखि नै फाइटर रहेकी छु। मलाई चुनौती मन पर्छ। लगातार हारको सम्मुखीन हुँदा कहिले-काहीँ त मेरो दिमागले पनि काम गर्नु बन्द गर्छ। यसरी लगातार म्याचमा हारको सम्मुखीन भए पनि मैले आज म्याच पोइण्टबारे सोचिनँ। गत केही महिनादेखि म यसलाई लिएर तनाउमा थिएँ कारण म म्याचको परिणाम आफ्नो पक्षमा गर्न असमर्थ भइरहेकी थिएँ। उनले भनिन्, आज पनि आत्मविश्वासको कमी थियो तर घुँड़ामा कुनै पीढ़ा बिना खेल्न सकेर म खुशी छु। मैले गत केही महिनामा धेरै सुधार गरेकी छु। मैले आफ्नो ताकत अनि खेलमाथि काम गरे अनि आज सबैथोक राम्रो रह्यो। यस लयलाई कायम राख्नु पनि चुनौती हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement