माया मेमोरियल फूटबल टुर्नामेन्ट: निवास ५ एफसी सेमिफाइनलमा

प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा निवास ५ एफसी-ले सेमिफाइनलमा स्थान बनायो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा सोमवार भएको चौथो क्वार्टर फाइनल म्याचमा निवास ५ एफसी-ले दखली एफसी-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमका शेराप तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो।

यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल २९ जनवरीमा हुनेछ। यसरी नै चन्दन गुरुङ स्मृति भेटरन्स फूटबल टुर्नामेण्टमा मिरिक बस्ती भेटरन्सले काउले भेटरन्सलाई ३-०-ले पराजित गऱ्यो।
(दिवांगत चन्दन गुरुङ प्रति समर्पित।)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement