रिषिहाटमा नक्आउट फूटबल टुर्नामेण्टः चुंगथुंग युनाइटेड क्वार्टर फाइनलमा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रिषिहाट शाखाको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा चुंगथुंग युनाइटेडले क्वार्टर फाइनलमा स्थान बनायो। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा मंगलवार भएको म्याचमा चुंगथुंग युनाइटेडले लिंगिया एफसी-लाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट उज्जल दाहालले ह्याट्रिक गरे। यसबाहेक अंकित थापा र अशेष गुरुङले १-१ गोल गरे। लिंगिया एफसी-बाट अब्याश थापाले गोल गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement