सहयोग फाउन्डेशनद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर साथै शीतवस्त्र वितरण

7a2e0f6a-8890-43fe-a7f5-086cf795ed35


कालचिनीः कालचिनी सहयोग फाउन्डेशनद्वारा आज संगठनको तेस्रो बर्षगाँठ पालन गर्ने क्रममा एसबीआई संजीवनी क्लिनिकल एम्बुलेन्स एवम् सबुज संघको सहयोगितामा प्रायः ६० भन्दा अधिक राईमाटाङ २२ धुरा गाउँका बासिन्दाहरूलाई निःशुल्क चिकित्सा शिविरको पनि व्यवस्था गरीएको थियो। यससितै सहयोग फाउन्डेशनद्वारा आवस्यकमन्द गाउँलेहरूलाई कम्बल लगायत लता कपड़ा वितरण पनि गरिएको थियो।
आज यस अवसरमा मुख्य ‌अतिथिको रुपमा कालचिनी बीएमओएच डा. सुभाषचन्द्र कर्मकार लगायत सबुज संघको प्रतिनिधि तथा एसबीआई संजीवनी क्लिनिकल एम्बुलेन्सका प्रोग्राम कोर्डिनेटर मन्टु मण्डल एवम् तिनको टोलीको उपस्थिति रहेको थियो।
सहयोग फाउन्डेशनका मूलसचिव पवन योल्मोले विगत तीन बर्षदेखि मानव तस्करी विरुद्ध लगायत परोपकारी कार्यहरू निःशुल्क चिकित्सा शिविर, आँखा जाँच शिविर, लता कपड़ा वितरण विद्यार्थीहरूलाई सचेतना एवम् सम्वर्द्धना कार्यहरू गर्दै आइरहेको र आज संगठनले तेस्रो बर्षगाँठ पुरा गरेकोले एसबीआई संजीवनी क्लिनिकल एम्बुलेन्स र सबुज संघको सहयोगितामा निःशुल्क चिकित्सा शिविर साथै शीतवस्त्र वितरण गरेको बताउँदै आगामी दिनमा फेरि वृहत स्तरमा सहयोग फाउन्डेशनले परोपकारी समाजसेवा गर्ने जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *