मुख्यमन्त्री ममता ब्यानर्जी मलंगी आईपुगिन्

d734a324-210d-4854-b447-1d037c23e510


कालचिनी-
मंगलबार अपराह्न प्रायः ३.३० बजी वायुमार्ग हुँदै मुख्यमन्त्री ममता ब्यानर्जी हाँसीमारा वायुसेना विमानस्थलमा ओर्लिएपछि तिनी सोझै सुभाषिनी चियाबारीको गीर्जा लाईनमा गएर श्रमिकहरूसित भलाकुसारी गर्दै श्रमिक परिवारहरूलाई शीतवस्त्र वितरण गरेकी थिईन। श्रमिक परिवारहरूलाई शीतवस्त्र वितरण गरे पश्चात कुनै सञ्चार माध्यमसित कुरा नगरी मुख्यमन्त्री सोझै मलंगीस्थित लजमा गएकी थिईन।
मुख्यमन्त्रीसितै तृणमूल सांसद तथा सर्वभारतीय तृणमूल महासचिव अभिषेक ब्यानर्जी पनि साथमा रहेको थियो भने यता तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाईक एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो। सुत्रबाट प्राप्त जानकारी अनुसार बुधबार मुख्यमन्त्री ममता ब्यानर्जी हवाईमार्ग भएर मेघालय प्रस्थान गर्नेछ भने साँझ पुनः फर्किएर हाँसीमारा आउनेछन्। बिहीबार सुभाषिनी मैदानमा सरकारी कार्यक्रममा मुख्यमन्त्री उपस्थित रहने प्रशासनिक सुत्रले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *