नवनिर्वाचित जिल्ला र ग्राम पञ्चायत सदस्यहरूका निम्ति समन्वय एवं स्वागत कार्यक्रम

IMG-20230117-WA0275.jpg

गान्तोक: एसकेएम पार्टी राज्यस्तरीय पञ्चायत प्रकोष्ठले सीएलसी तुमिन लिङगी निर्वाचन क्षेत्रको सहयोगमा नव निर्वाचित जिल्ला र ग्राम पञ्चायत सदस्यहरूका लागि मंगलबार पूर्व सिक्किमको माखास्थित निर्वाचन क्षेत्र पार्टी कार्यालयमा एक समन्वय तथा स्वागत कार्यक्रम आयोजना ग-यो।
कार्यक्रममा सबै जिल्ला र ग्राम पञ्चायत सदस्यहरूको उपस्थिति रहेको थियो। पञ्चायत प्रकोष्ठका उपाध्यक्ष प्रभारी टीएन लम्थाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा पार्टीका उच्चस्तरीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उपस्थित पार्टी पदाधिकारीहरूमा दक्षिण जिल्ला उपाध्यक्ष प्रभारी सतिशचन्द्र राई, पञ्चायत प्रकोष्ठका अध्यक्ष गोविन्द रसाइली, उपाध्यक्ष, एसटी भोटिया, भू उपयोग तथा वातावरण बोर्डका अध्यक्ष, छिरिङ दोर्जी लेप्चा, गान्तोक जिल्ला अध्यक्ष बलराम अधिकारी, सीईसी, डीएलसी, बीएलसी र डब्ल्युएलसी, युवा र नारी पदाधिकारी एवं एसकेएम कार्यकर्तागणको उपस्थिति थियो।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले निर्वाचन क्षेत्रको सामाजिक र राजनीतिक विकासबारे आ-आफ्नो मन्त्व्य जाहेर गरे। बैठक फलदायी र सफलतापूर्वक सम्पन्न भएको बताइएको छ। पञ्चायत प्रकोष्ठका कोषाध्यक्ष हरिहर गुरागाईंले कार्यक्रमको सञ्चालन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *