मार्च महिनादेखि पाकिम एयरपोर्टबाट हवाइसेवा पुनः सञ्चालनमा आउनेछः मुख्यमन्त्री

IMG-20230117-WA0265.jpg

गान्तोक: गत ३० अक्टोबरदेखि बन्द अवस्थामा रहेको पाकिम ग्रीन फिल्ड एयरपोर्टमा हवाइसेवा आगामी १५ मार्चदेखि आरम्भ हुने मुख्यमन्त्री पीएस गोलेले आज जानकारी गराएका छन्। आज पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत पारखामा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो जानकारी दिएका हुन्। उल्लेखनीय छ, यसै कार्यक्रममा क्षेत्रका भाजपा विधायक डीटी लेप्चाले पाकिम ग्रीन फील्ड एयरपोर्ट पुनः शुरु गरिनुपर्ने सरकार समक्ष माग राखेका थिए।

मुख्यमन्त्री गोलेले जानकारी गराएअनुसार पाकिम एयरपोर्टबाट हवाइसेवा पुनर्वहाली गर्ने दिशामा राज्य सरकारले देशका प्रधानमन्त्री नरेन्द्र मोदी साथै स्पाइजेट कम्पनीसित कुराकानी गरिसकेको छ। आगामी १५ मार्चदेखि हवाइसेवा आरम्भ हुने जानकारी गराउँदै राज्यमा हुन गइरहेको जी २० को बैठक अघि पाकिम एयरपोर्टबाट हवाइसेवा पुनः शुरु गर्न सरकार कटिवद्ध रहेको पनि मुख्यमन्त्रीले थप बताए।

उल्लेखनीय छ, राज्यको एकमात्र हवाइअड्डा पाकिम ग्रीन फिल्ड एयरपोर्टको उद्घाटन २४ सेप्टेम्बर २०१८मा प्रधानमन्त्री नरेन्द्र मोदीको बाहुलीबाट भएको हो भने व्यवसायिक उड़ान भने ४ अक्टोबर २०१८ शुरु भएको हो। तर, कतिपय कारणवश यस एयरपोर्टबाट हवाइसेवा पटक पटक बन्द हुने गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *