जोरथाङ माघे मेलाको समापन

IMG-20230117-WA0263.jpg

गान्तोक: गत १५ जनवरी देखि शुरु भएको राज्यस्तरीय संस्कृति माघे मेलाको आज समापन भयो। जोरथाङ खेल मैदानमा आयोजित समापन कार्यक्रममा मुख्य अथितिको रूपमा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती उपस्थित थिए भने मन्त्री केएन लेप्चा, मन्त्री लोकनाथ नेपाल अनि एमएन शेर्पा विशिष्ट अतिथिको रूपमा थिए।

यस अवसरमा मेलामा राखिएको विभिन्न जातिको स्टल भ्रमण गर्दै पारंपरिक खान पान अनि भेष भुषाको अवलोकन गरे। समापन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष उप्रेतीले वर्तमान सरकारमा सिक्किमलाई धेरै क्षेत्रमा उन्नति गरिरहेको बताए। सिक्किम राज्यमा सधभावना अनि भाइचारा बढेर गएको उनले थप बताए। उनले यस क्षेत्रमा निर्माण हुने क्यापिटल विश्वविद्यालय अनि क्यान्सर इन्स्टिच्युटको निम्ति क्षेत्रवासीलाई बधाई दिए। यसको निर्माण पूरा भएपछि यो क्षेत्रको नाम सारा विश्वमा फैलिने कुरा उनले व्यक्त गरे। आज अन्तिम दिनको मुख्य आकर्षण खेलकूद विभागद्वारा आयोजित अन्तर समष्टि फूटबल प्रतियोगिताको फाइनल खेल रहेको थियो। आजको फाइनल खेल पोकलोक कामराङ समष्टि बनम सोरेङमाझ सम्पन्न भयो, जसमा पोकलोक कामराङले सोरेङलाई शून्यको विरुद्ध २ गोल गरेर विजयी हासिल गऱ्यो। विजेता टोलीलाई ३ लाख अनि ट्रफी प्रदान गरियो भने उप विजेता टोलीलाई २ लाख अनि ट्रफी प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *