अम्बा जीपीयूका किसानहरूलाई लिएर समन्वय बैठक सम्पन्न

IMG-20230117-WA0261.jpg

गान्तोक: अम्बा जीपीयूका कृषकहरूसँगको समन्वय बैठक हिजो ग्रामप्रशासन केन्द्रमा सम्पन्न भयो। यस बैठकको अध्यक्षता पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल अनुपा तामलिङले गरेकी थिइन्, भने बैठकमा अतिरिक्त जिल्लापाल रबिन सेवा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। बैठकको मुख्य आकर्षण मुख्यमन्त्री प्रेम सिंह तामाङको परिकल्पना अनुसार अम्बा ग्राम पञ्चायत यूनिटलाई “मकै गाउँ” को रूपमा विकास गर्नु रहेको थियो। आफ्नो सम्बोधनमा अतिरिक्त जिल्लापाल रबिन सेवाले विभिन्न विभागका अधिकारीहरूले गरेको प्रयासको प्रशंसा गरे। उनले राष्ट्र निर्माणमा किसानको भूमिका र योगदानमा जोड दिँदै अम्बा जीपीयूलाई मकै गाउँमा परिणत गर्न सकारात्मक भावना विकास गर्नुपर्ने आग्रह गरे। उनले भविष्यमा अम्बा गाउँलाई उदाहरणीय गाउँ बनाउने सुझाउ दिए।

यस अवसरमा सर्वसाधारण र अधिकारीहरू बीचको अन्तरक्रिया पनि गरे जसमा जनताले मकै खेती सम्बन्धी आफ्नो जिज्ञासा राखेका थिए। जनताले पूँजीगत साधन, बिरुवा खरिद, प्राविधिक तालिम, बजारीकरण लगायतका विभिन्न माग राखेका छन्। यसका साथै प्रगतिशील कृषकहरूले यस क्षेत्रमा बाँझो जमिन र खेतीयोग्य जमिन घट्दै गएको समस्यामाथि उजगार गरे। सभामा विभिन्न विभागका अधिकारीहरूले आ–आफ्नो विभागबाट किसानलाई पूर्ण सहयोग गर्ने आश्वासन दिँदै किसानले कृषि सम्बन्धी समस्यामा परेको खण्डमा विभाग समक्ष आउनु पर्ने सुझाउ दिइयो। अधिकारीहरूले निकट भविष्यमा किसानहरूलाई फाइदा पुग्ने विभिन्न केन्द्र राज्य योजनाहरूको बारेमा जानकारी गराए।

सोही प्रकारले एडीसी अनुपा तामलिङले एकतावद्ध भएर काम गर्न आमजनतालाई आग्रह गर्दै आयोजना (मकै गाउँ) लाई साकार बनाउन अम्बावासीबाट सहयोगको अपेक्षा गरिन्। उनले आयोजनालाई सफल बनाउन सम्बन्धित निकायले पहल गर्ने आश्वासन दिइन्। उनले लक्ष्य प्राप्तिका लागि दूरदर्शिताको विकास गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *