विक्षिप्तले घरमा आगजनी, २ लाख नगदसहित पुरै घर जलेर नष्ट

IMG-20230117-WA0220.jpg

मालदा: भीषण आगलागीमा घरमा राखिएको नगद सहित सबै सामान जलेर नष्ट भएको छ। मालदाको रतुआ–२ ब्लकको मिरजतपुर क्षेत्रमा यो घटनाले सनसनी मच्चाएको छ। आगजनीको यो घटनाका कारण घरधनी शेख रहमानसहित सम्पूर्ण परिवार यो कडा जाडोमा खुला आकाशमुनि बसेको छ। यस्तो अवस्थामा विपन्न परिवारले सरकारको सहयोगको अपेक्षा गरेका छन्। शेख रहमानकी जेठी छोरी रेश्मा खातुनको विवाह माणिकचकको नूरपुर क्षेत्रमा भएको पारिवारिक स्रोतबाट थाहा भएको छ। जेठी छोरी तीन दिनअघि बुबाको घर फर्किइन्। मानसिक रुपमा विचलित भएकी रेश्माले गए राति लगभग १ बजे आफ्नो बुवाको घरमा आगो लगाएकी थिइन्। चिच्याएको आवाज सुनेर स्थानीयवासी दौडिए। उनको प्रयासले आगो नियन्त्रणमा आएको थियो। घटनाको खबर पाउनासाथ पुखुरिया प्रहरी चौकी तुरुन्त घटनास्थलमा पुगेको थियो। शेख रहमानले आफ्नी कान्छी छोरी सबिना खातुनको बिहेका लागि जग्गा बेचेर घरमै २ लाख रुपियाँ नगद राखेका थिए, त्यो नगद पनि जलेर खरानी भएको पनि थाहा भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *